चाइनामा रोबोटले चलाउने बस सञ्‍चालनमा
त्रिशुलीखबर
May 9, 2019


प्रविधिले दिनप्रतिदिन छलाङ मारिरहँदा चीनले ‘डिजिटल चाइना’ अभियान अन्तर्गत स्वचालित पाण्डा बस सञ्‍चालनमा ल्‍याएको छ।

उसले फुझाऊमा विहीबार डिजिटल चाइन समीटको आयोजना गर्दै उक्त स्वचालित बस सञ्‍चालनमा ल्याएको चाइना डेलीले उल्लेख गरेको छ।

१२ मिटर लामो उक्त स्वचालित बसमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि जडान गरिएको छ।
यसका साथै यात्रुसँग कुरा गर्न सक्‍ने ‘भ्वाइस इन्टरएक्सन’, आपत्तकालिन द्वार प्रणाली लगायत सबैमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि जडान गरिएको छ।

टिप्पणी लेख्नुहोस्