संसदमा आजबाट प्रि–बजेट छलफल सुरु
त्रिशुलीखबर
May 10, 2019


काठमाडौं । संघीय संसदमा आजबाट प्रि–बजेट छलफल सुरु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा दुई वटा कार्यसची रहेको महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

महासचिव भट्टराईका अनुसार बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आ.व.२०७६/७७ को लागि विनियोजन विधयेकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन् ।

अर्थमन्त्रीको प्रस्तावपछि आगामी आर्थिक वर्षको विनियोजन विधयेकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल हुनेछ ।

टिप्पणी लेख्नुहोस्