आगामी वर्ष युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखिनेछ : अर्थमन्त्री खतिवडा
त्रिशुलीखबर
May 10, 2019


काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले अधुरा आयोजना सम्पन्न गर्ने वर्षका रुपमा बजेट विनियोजन गरिने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दै आगामी वर्षलाई अधुरा आयोजना सम्पन्न गर्ने गरी बजेट विनियोजन गरिने बताएका छन । रेलमार्ग, जलमार्गलाई, सडकमार्ग लगायतका विकास पुर्वाधारलाई प्राथमितामा राखिने पनि उनले बताएका छन ।

विकास निमार्णका आयोजनाहरुका लागि आवश्यक सामाग्री खरिद गर्दा आयात बढेको देखिएको भएपनि निर्यात क्षेत्र समेत सुधारउन्मुख रहेको उनको दाबी छ ।

विकासका लागि अनुकुल वातावरण समेत बन्दै गएको भन्दै उनले २०३० सम्म मध्यम आय भएको देश बन्ने गरि बजेट विनियोजन गरिने बताएका छन् । ‘आन्तरिक तथा बाहृय लगानीको अवसरका लागि वातावरण बनेको छ । २०३० भित्र मध्यम आय भएको देशमा पुग्ने हाम्रो लक्ष्य अनुसार बजेट विनियोजन गरिनेछ,’ उनले भने ।

विद्युत उत्पादनमा जोड दिने, एक वर्षभित्र सबै नेपालीको बैंक खाता हुने गरी कार्यक्रममा बजेट छुट्याउने खतिवडाले उल्लेख गरेका छन । ‘समृद्ध नेपाल सुखी नेपालीको आधारशिला निमार्ण भएको छ । आगामी वर्ष समाजिक न्यायसहितको विकासको अधार वर्षका रुपमा रहने गरी बजेट विनियोजन गरिनेछ,’ खतिवाडाले भने ।

आगामी वर्ष उच्च आर्थिक वृद्धि हुने गरी बजेट ल्याउने, क्षमता अनुसारको काम दिने र मौलिक हक कार्यानवयनमा केन्द्रित हुने पनि उनले बताएका छन ।

आगामी वर्ष युवा परिचालनको वर्ष

अर्थमन्त्री खतिवाडाले आगामी बर्षलाई युवा परिचालनको वर्षको रुपमा लिइने र सोही अनुसार युवा लक्षित कार्यक्तमहरुलाई प्राथमिकतामा राखिने उल्लेख गरेका छन् ।

चालु आर्थिक वर्षमा मूल्य वृद्धि नियन्त्रणमा रहेको र आगामी वर्ष पनि मुल्य वृद्धिलाई नियन्त्रणमा राखिने अर्थमन्त्री खतिवाडाले बताए । साथै सबै नेपालीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी बजेट तुर्जुमा गरिने र जलवायु परिवर्तनको अनुकुलनमा पनि जोड दिइने अर्थमन्त्री खतिवाडले बताएका छन ।

उनले दुई वर्ष भित्र साक्षर नेपाल बनाउने, सुरक्षित बस्ती विकास तथा आवास निमार्ण र वैदेशिक रोजगारीलाई थप व्यवस्थित गर्नेगरी बजेट विनियोजन गरिने बताएका छन् ।

सबै नागरिकलाई बिमामा ल्याउने, आगामी बर्षलाई बृक्षारोपण बर्षको रुपमा लिने गरी बजेट तर्जुमा गरिने उनले उल्लेख गरेका छन ।

प्रिबजेट छलफल आइतबार र सोमबार

प्रतिनिधि सभामा आर्थिक वर्ष २०७६/०७७ लागि अर्थमन्त्रीले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफल आगामी आइतबार र सोमबार हुनेछ ।

गत वर्षहरुमा नीति तथा कार्यक्रमअघि पूर्वबजेट छलफल नहुने अभ्यास थियो । यसवर्ष नीति तथा कार्याक्रम भनदा पछाडि प्रिबजेट छलफल हुन लागेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यहि वैशाख २० गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

प्रतिनिधि सभामा प्रिबजेट छलफल आगामी आइतकार र सोमबार हुने सभामुख कृष्णबहादुर महराले जानकारी दिएका छन । प्रतिनिधिसभाको अर्को बैठक पर्सी आइतकार बिहान ११ बजे बस्नेछ ।

टिप्पणी लेख्नुहोस्