नुवाकोटको म्यागङ्गमा चट्याङबाट एक जनाको मृत्यु
त्रिशुलीखबर
May 12, 2019


नुवाकोट । नुवाकोटको म्यागङ्ग गाउँपालिका ४ मा शनिबार राति परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ ।

चट्याङमा परी ६८ वर्षीय निङ तामाङको घरभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवाकोटले जनाएको छ ।
प्रहरीका अनुसार चट्याङ लागेर एक लैनो भैंँसी, चार बाख्रा पनि मरेका छन् ।

घरमा सामान्य आगलागी पनि भएको छ ।

टिप्पणी लेख्नुहोस्