नायिक करिष्मा मानन्धरको घरमा चट्याङ (भिडियो सहित)
त्रिशुलीखबर
May 12, 2019


काठमाडौँ, २९ वैशाख । चर्चित नायिक करिष्मा मानन्धरको घरमा चट्याङ परेको छ । केही समयअघि हवाहुरीसहित मेघ गर्जन हुँदा नायिका मानन्धरको लिलतपुरस्थित घर कम्पाउण्डमा चट्याङ परेको हो ।

चट्याङबाट कुनै मानवीय क्षति भने भएको छैन ।

चट्याङबाट उनको घर अगाडि रहेको बगैँचाको रुख चिरा परेको छ । चट्याङका कारण छोरी कविता मानन्धर तर्सिएको करिश्माले बताइन् ।

‘म घरमा माथिल्लो तलामा मिटिङमा थिएँ, तल बिजुली चम्किएर आवाज आयो ।’ करिश्माले भनिन्, मैले करेण्ट सर्टेज भएको होला भन्ने सोचेको थिएँ तर होइन रहेछ ।’ उनले थपिन्, ‘चट्याङले रुख चिरा पारेको छ, त्यो देख्दा म अचम्ममा परेँ ।’

उनले भर्खर मात्र चिरिएको रूखसहितको भिडियो सामाजिक सञ्जालमा पोष्ट्याएकी छिन् । उनले आफु सुरक्षित रहेको पनि जानकारी दिएकी छिन् ।

टिप्पणी लेख्नुहोस्