बम राखेको सूचना दिएको भन्दै प्रहरीद्वारा पत्रकार पक्राउ
त्रिशुलीखबर
May 12, 2019


झापा, २९ बैशाख । बम राखेको सूचना सामाजिक सञ्जालमा राख्नेका स्थानीय एक पत्रकार पक्राउ परेका छन् । पक्राउ पर्ने मोरङका पत्रकार किशोर श्रेष्ठ हुन् ।

झापाको कनकाई खोलाको पुलमा शंकास्पद बस्तु राखिएको भन्दै उनले सामाजिक सञ्जालमार्फत सूचना बाँडेका थिए । प्रहरी पुलमा पुग्दा शंकास्पद बस्तु फेला पारेका थिए । यसका कारण बिहान केही समय पूर्व–पश्चिम राजमार्ग अवरूद्ध भएको थियो ।

पत्रकार श्रेष्ठलाई उर्लाबारी प्रहरी कार्यालयमा राखिएको र उनीसँग आवश्यक सोधपुछ भइरहेको मोरङ प्रहरीले जानकारी दिएको छ ।

टिप्पणी लेख्नुहोस्