वीरगञ्जस्थित एभिन्युज टेलिभिजनको कार्यालयमा तोडफोड
त्रिशुलीखबर
May 13, 2019


काठमाडौँ । एभिन्युज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा तोडफोड भएको छ। मुखमा कालोपट्टी बाँधेर आएका केही युवाहरुले कार्यालयमा तोडफोड गरेको पर्साका एसपी रेवती ढकालले जानकारी दिएका छन ।

उनले तोडफोडबाट ढोका तथा झ्यालका सिसा फुटेको बताएका छन । तोडफोडमा संलग्न कोही पनि पक्राउ परेका छैनन् ।

एभीन्युज टेलिभिजनको सकस राजनीति कार्यक्रममा पाहुनाका रुपमा उपप्रधानमन्त्री उपेन्द्र यादवले कार्यक्रम सञ्चालक पत्रकारको प्रश्नको जवाफ नदिइ माइक फुकालेर बिचमै अन्तर्वार्ता छोडेर हिँडेपछि अहिले आलोचना भइरहेको छ ।

समाजवादी पार्टीका कार्यकर्ताहरु तोडफोडमा संलग्न भएको प्रहरीको आशंका छ ।

टिप्पणी लेख्नुहोस्