‘प्रचण्ड’ जेठ ४ गते नुवाकोट जाँदै
त्रिशुलीखबर
May 14, 2019


फाइल फोटो

नुवाकोट । पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला –२०७६ मा भाग लिन नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नुवाकोट जाने भएका छन् । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा आयोजिक मेला उद्घाटनका लागि अध्यक्ष प्रचण्ड जेठ ४ गते नुवाकोट जान लागेका हुन् ।

उद्घाटन कार्यक्रम ककनी गाउँपालिका वडा नं. –४ रानीपौवा बजारमा हुने आयोजकले जानकारी दिएको छ । मेलामा ककनी गाँउपालिका, विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका एवं जिल्लाका अन्य ९ वटा गाँउपालिकाको सहयोग रहनेछ बताइएको छ ।

जेठ ४ गतेबाट सुरू हुने कृषि प्रदर्शनी मेला जेठ ८ गतेसम्म (५ दिन) सञ्चालन हुनेछ ।

मेलामा सहभागी हुन जिल्लावासी तथा सबैलाई आयोजकले विशेष अनुरोध समेत गरेको छ ।

फाइल फोटो

टिप्पणी लेख्नुहोस्