सँधै मुस्कुराउने पूर्वराजा ज्ञानेन्द्र शाह (फोटोफिचर)
त्रिशुलीखबर
May 14, 2019


काठमाडौँ, ३१ वैशाख । सबैले अहिले एउटै अड्कल लगाउँछन् । मन्द–मन्द मुस्कान भन्नासाथ पुर्वराजा ज्ञानेन्द्र शाह नै हुन् । उनको एउटा विशेषताको रूपमा हाँसो चित्रित भइरहेको छ । २६० बर्षभन्दा लामो शाहवंशीय राज परम्पराको अन्त्य उनकै पालामा भयो । तर, उनी सत्ता हरण हुँदा समेत किन्चित भएनन् । बरू, हाँसेर दरबार छाडिदिए ।

उनै पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारले दरबारमार्गको रेष्टुरेन्टमा गत शुक्रबार गुड फ्राइडे मनाएका छन् । जहाँ उनको मन्द–मन्द मुस्कान फेरी लहरायो ।

दरबारमार्गस्थित किंग्स लाउन्जमा पूर्वराजा ज्ञानेन्द्र शाहले परिवार र आफन्तजनसँग आए । श्रीमती कोमल शाह, बुहारी हिमानी शाह लगायत परिवारजनका साथ पुर्वराजा ज्ञानेन्द्र किंग्स लाउञ्ज पुगेका थिए ।

झण्डै ४० जना आफन्तको साथमा किंग्स लाउन्जमा उनले ३ घण्टा बिताए । त्यस समयभर पुर्वराजा ज्ञानेन्द्र शाह मुस्कुराइ रहे ।

गुड फ्राइडे ‘मुस्कान’:

टिप्पणी लेख्नुहोस्