युवतीको शव फेला
त्रिशुलीखबर
May 15, 2019


बुटवल । रुपन्देहीमा एक यवती मृत अवस्थामा फेला परेकी छन् ।

बिहेको तयारीमा रहेकी १९ वर्षीया सवनाम निशाको शव गैडहवा गाउँपालिका वडा–१ साडीको भुझौली भन्ने गाउँमा उनको शव फेला परेको हो ।

सुख्खा कुलोमा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनामा संलग्न एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निशाको शव पोष्टमार्टका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले घटना गम्भीर प्रकृतिको भएका कारण घटनाको अनुसन्धानलाई तिव्र पारिएको बताएका छन । ‘पोष्टमार्टम रिपोर्टअनुसार घटनाको अनुुसन्धान गर्छौं । चाडै नै दोषीलाई कानुनी दायरामा ल्याउँछौं’ एसपी थापाले भने ।

मृतकका बाबु महोम्मद हिसाहारका अनुसार सोमबार राति खाना खाएपछि छोरी कोठामा सुत्न गएका थिइन् । राति आमाले हेर्दा कोठामा नदेखेपछि खोजी गर्दा नभेटिएको भन्दै उनले भने, ‘मंगलबार पनि दिनभर खोज्यौ फेला पारेनौ तर आज यही भेटियो ।’

निशाको बिहे जेठ महिनामा नै हुने तय भएको थियो ।

टिप्पणी लेख्नुहोस्