चीनका राष्ट्रपति सामु भारतले नेपाललाई उपनिवेश बनाएको रिपोर्ट प्रस्तुत
त्रिशुलीखबर
May 16, 2019


काठमाडौँ, २ जेठ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल यतिबेला चीनमा छन् । चीन सरकारको औपचारिक निमन्त्रणामा ‘कन्फरेन्स अन डायलग अफ एसियन सिभिलाइजेसन’ एसियाली सम्मेलनमा नेपालको तर्फबाट उनले सहभागीता जनाइरहेका छन् ।

बिहीबार सम्मेलनलाई मोर्चाका अध्यक्ष नेपालले सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले नेपालको ६० हजार वर्ग किलोमीटर जमिन भारतले उपनिवेश बनाएको बताएका छन् ।

नेपाली समयअनुसार बिहान ७:५० बजे बेइजिङको इन्टर कन्टिनेन्टल होटलको एक सभाकक्षमा मोर्चाका अध्यक्ष नेपालले सम्बोधन गर्दै भने, ‘भारतले नेपालको करिब ६० हजार वर्ग किलोमिटर जमिन उपनिवेशमा राखेको छ । नेपालको भूमि फिर्ता नभएसम्म र उपनिवेश अन्त्य नगरेसम्म एसियामा स्वभाविक राजनीतिक प्रकृया सम्भव छैन ।’

अध्यक्ष नेपालले भारत बेलायती उपनिवेशबाट १९४७ मा स्वतन्त्र भएदेखि नै नेपालको जमिनमा उपनिवेश कायम गरेको बताए । ‘चीनले आफ्नो सार्वभौमिकताको रक्षाका लागि युद्ध लडेको छ र उपनिवेशविरुद्ध शान्तिपूर्ण रूपमा हङकङ र मकाउ फिर्ता लिएको छ,’ उनले भने, ‘नेपालको पनि अधिनस्थ जमिन फिर्ता हुनुपर्छ ।’

मोर्चाका अध्यक्ष नेपालले शान्तिपूर्ण रूपमा जमिन फिर्ताको माग असामाजिक नभएको उल्लेख गरे । उनले भने, ‘राष्ट्रको सार्वभौमिकताको प्रतिकूल हुने हस्तक्षेपविरुद्ध जनता सचेत र शाहसी हुनुपर्ने भएको छ ।’

चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार यो कार्यक्रम उद्घाटन गरेका थिए । यो सम्मेलन शुक्रबारसम्म चल्नेछ ।

सम्मेलनमा विश्वभरका १२६ देशका प्रतिनिधि सहभागी छन् ।

मोर्चाका अध्यक्ष नेपालले गरेको सम्बोधनको पूर्णपाठः

टिप्पणी लेख्नुहोस्