मिडिया काउन्सिल विधेयकविरुद्ध प्रर्दशनमा उत्रिए पत्रकार
त्रिशुलीखबर
May 17, 2019


काठमाडौं । मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारहरुले देशैभर धर्नासहित प्रदर्शन गरेका छन् ।

नेपाल पत्रकार महासंघको आह्वानमा पत्रकारहरुले शुक्रबार काठमाडौंमा संसद भवन अगाडि बानेश्वरमा धर्ना दिएका छन् । धर्नामा सहभागीहरुले अभिव्यक्ति स्वतन्त्रता कायम गर, मिडिया काउन्सिल विधेयक खारेज गर, पत्रकारिता अपराध होइन जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

धर्नामा नेपाल पत्रकार महासंङ, संयुक्त नागरिक अभियान , पत्रकारितासँग सम्बन्धी विभिन्न संघसंस्थाहरूको सहभागिता रहेको थियो ।

टिप्पणी लेख्नुहोस्