अवसरवादमा फसेका कम्युनिष्टले मुलुकलाई डुबाएः मोहन बैद्य ‘किरण’
त्रिशुलीखबर
May 17, 2019


काठमाडौँ, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य ‘किरण’ले संशोधनवादी र अवसरवादी कम्युनिष्टले मुलुकलाई डुबाएको प्रतिक्रिया दिएका छन् ।

प्रमुख सत्तारुढ नेकपाप्रति संकेत गर्दै वैद्यले संशोधनवाद र अवसरवादमा फसेका कम्युनिष्टले मुलुकलाई डुबाएको दावी गरे । उनले सरकारलाई दुई तिहाई मतको धम्की नदिन चेतावनी पनि दिए ।

सीपी गजुरेलद्वारा लिखित पुस्तक ‘राजनीतिक घटनाक्रम र प्रवृतिहरु’ को शुक्रवार काठमाडौँमा विमोचन गर्दै महासचिव वैद्यले भने, ‘आगामी दिनमा जनमत बदलिने छ । नेपालका सच्चा कम्युनिष्ट क्रान्तिकारीहरु नै देश र जनताको प्रमुख सहयोगी हुनेछन्, त्यससमय मुलुकमा जनवादी क्रान्ति पूरा हुनेछ ।’

सच्चा कम्युनिष्टहरु मुलुकको वैकल्पिक शक्ति भएकाले ढिलै भएपनि मुलुकमा जनवादी क्रान्ति सम्पन्न हुने उनको भनाइ छ ।

टिप्पणी लेख्नुहोस्