‘घर’को डरलाग्दो फस्टलूक पोस्टर
त्रिशुलीखबर
May 19, 2019


काठमाडौँ । अर्पण थापाको निर्देशनमा तयार भएको चलचित्र ‘घर’को फस्टलूक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा नायिका सुरक्षा पन्तलाई देख्न सकिन्छ ।

सुरक्षा फिल्ममा अर्पण थापाकी श्रीमतीको भूमिकामा देखिँदैछिन् । हरर कथामा निर्माण भएको फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

काठमाडौँको विभिन्न स्थानमा छायांकन गरिएको ‘घर’को कथा अभिनेता तथा निर्देशक अर्पण थापा आफैंले लेखेका हुन् । फिल्म साउन ३ गते बाट नेपालभर प्रदर्शनमा आउनेछ ।

‘घर’मा सुरक्षा र अर्पणसँगै बेनिशा हमालको पनि मुख्य भूमिका रहेको छ । नायिका हमालको लूक्स फरक देख्न सकिने निर्देशक थापा बताउँछन् । निर्माण टिमका अनुसार फिल्मले दर्शकलाई भरपूर मनोरञ्जन दिनेछ र छुट्टै खालको महशुस गर्न सक्दैनन् भन्ने आरोपलाई तोड्नेछ ।

डीएस डिजिटलको ब्यानरमा निर्माण गरिएको फिल्ममा निरज कँडेलको छायाँकन रहेको छ भने दीपेन्द्र के खनाल र सुरज पाण्डे प्रस्तुतकर्ताका रुपमा रहेका छन् ।

टिप्पणी लेख्नुहोस्