जेलमा हिंस्रक झडप, ३२ को मृत्यु
त्रिशुलीखबर
May 20, 2019


ताजकिस्तानको एक जेलमा भएको हिंस्रक झडपमा परी कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको छ।

जेलभित्र भएको यस दङ्गामा परी मारिएका यी व्यक्तिहरुमा २४ जना इस्लामिक स्टेट्स आतङ्ककारी समूहका सदस्य, ५ कैदी तथा तीन जना सुरक्षा गार्ड रहेका अधिकारीहरुले सोमबार जानकारी दिएका छन्।

ताजकिस्तानको राजधानी डुशान्बेनजिकै रहेको यस कारगारामा आइतबार साँझ आइएस आतङ्ककारी समूहले झगडा सुर गरेको त्यहाँको न्याय मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

यस घटनाको अनुसन्धान जारी रहेको बताइएको छ। एजेन्सी

टिप्पणी लेख्नुहोस्