सरकारमाथि राज्य नियन्त्रित प्रेस बनाउन खोजेको कांग्रेसको आरोप
त्रिशुलीखबर
May 22, 2019


काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारमाथि राज्य नियन्त्रित प्रेस बनाउन खोजेको आरोप लगाएको छ । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक स्वीकार्य नभएको भन्दै उसले सदनमा प्रवेश नै नगराउन माग गरेको छ ।

संसदको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सचेतक पुष्पा भुसालले संविधानको मूल्य मान्यताविपरित विधेयक आएको बताएकी छन।

गलत नियतका साथ विधेयक आएको भन्दै उनले भनिन्, ‘सरकारलाई शक्तिको भोक जागेको छ, राज्य नियन्त्रित प्रेस बनाउन खोजेको छ ।’

उनले विधेयकलाई संसदको प्रक्रियामा नै नल्याउन माग गरेकी छन् । उनले अघि भनिन्, ‘यो विधेयकलाई लोकतन्त्रले बुझ्दैन, हामी पढ्न चाहनौं ।’

उनले मानवअधिकार आयोगसम्बन्धी विधेयकको पनि विरोध गरेकी छन् ।

टिप्पणी लेख्नुहोस्