स्रोत नखुलेको ३१ लाखसहित २ जना पक्राउ
त्रिशुलीखबर
May 23, 2019


काठमाडौं, ९ जेठ । महानगरीय प्रहरी वृत्त नयाँवानेश्वरले स्रोत नखुलेको ३१ लाख रुपैँयासहित २ जनालाई पक्राउ गरेको छ । बुधबार काठमाडौँ महानगरपालिका(३१ मा बा।१४ च। ८९५९ नम्बरको सवारी साधनलाई चेकजाँच गर्दा भक्तपुर जगाती बस्ने ५० बर्षिय राजभाई सञ्जु र सिनामंगल बस्ने झापाका ३३ बर्षिय अभिषेक सावालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनिहरूको साथबाट स्रोत नखुलेको नगद ३१ लाख बरामद गरेको जनाएको छ । प्रहरीले उनीहरूलाई अनुसन्धानको लागि राजश्व अनुसन्धान विभागमा बुझाएको छ ।

टिप्पणी लेख्नुहोस्