राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा पटवाल
त्रिशुलीखबर
May 31, 2019


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा उमेश पटवाल नियुक्त भएका छन्।

राखेपले प्रशिक्षक उपलब्ध गराउनका आईसीसीसँग गरेको अनुरोधपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले पटवाललाई प्रशिक्षकका रुपमा पठाउने निर्णय गरेको हो।

पटवालले जुन १० तारिखदेखि आफ्नो जिम्मेबारी समाल्ने छन्।

उनले ७ हजार अमेरिकी डलर पारिश्रमिक पाउने छन् । पटवालको पारिश्रमिक आईसीसी ले उपलब्ध गराउने छ।

टिप्पणी लेख्नुहोस्