नायिका बर्षाको भेषभूषामाथि दर्शकको चासो
त्रिशुलीखबर
June 1, 2019


काठमाडौं । जेठ ३ गते नेपालका चलचित्र घरबाट रिलिज सुरु भएको चलचित्र ‘जात्रै जात्रा’ अहिले अष्ट्रेलियाका विभिन्न शहरमा प्रदर्शन भइरहेको छ । ब्रिसवेन, एडलेड, सिड्नी, मेलवर्न लगायत नेपालीको बसोबास रहेको क्षेत्रमा यो फिल्म प्रदर्शनको तयारीमा छ ।

चलचित्र प्रदर्शनकै लागि अहिले निर्देशक प्रदिप भट्टराई, कार्यकारी निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँ, विपिन कार्की र वर्षा राउत अष्ट्रेलियामा छन् । विदेशमा नेपालीको जनसंख्या धेरै रहेका ठाउँहरुमा हलका केही शो भाडामा लिएर नेपाली चलचित्र प्रदर्शन हुँदै आएको छ ।

सानो छँदा वर्षा राउत ‘नखरा’ गर्नमा माहिर थिइन् । ऐना अगाडि उभिएर विभिन्न फिल्ममा हिरोइनले बोलेका डाइलग नक्कल गर्थिन्, नाच्थिन् । नेपालकी करिश्मा मानन्धरदेखि बलिउडकी करिना कपुरसम्म उनका रोजाइ थिए । उनीहरु जस्तै कहिले बन्न पाइने होला भनेर कल्पना गर्थीन् । कसैले तिमी त करिना जस्ती भनिदिँदा सानी वर्षा फुरुंग पर्थिन् ।

तिनै बर्षा अहिले नेपाली चलचित्र जगतकी नाम चलेकी हिरोइन बनेकी छिन् । सँगसँगै अष्ट्रेलियामा रहँदा उनले केही तस्वीर खुलेरै खिचाइन् जसको चर्चा अहलिे बाग्लिएको छ । सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

उनै बर्षका फोटोमाथि भएका चर्चाहरुः

बर्षाका फोटोहरुः

 

टिप्पणी लेख्नुहोस्