सपना मगर त्रिचन्द्र क्याम्पसबाट गिरफ्तार
त्रिशुलीखबर
June 2, 2019


काठमाडौं, १९ जेठ । त्रिचन्द्र क्याम्पसमा अध्ययनरत छात्रा सपना मगर गिरफ्तार भएकी छन् । उनलाई शनिबार प्रहरीले गिरफ्तार गरेको अखिल (क्रान्तिकारी) बिद्यार्थी संगठनले जनाएको छ ।

मगरलाई राजनीतिक आस्थाकै आधारमा गिरफ्तार गरेको संगठनले जनाएको छ । संगठनले एक बिज्ञप्ति जारी गरी घोर निन्दा समेत गरेको छ ।

गिरफ्तार छात्रा सपना मगरलाई २४ घण्टाभित्र रिहा गर्न अखिल (क्रान्तिकारी) क्याम्पस जिल्ला समिति काठमाडौंले अल्टीमेटम दिएको छ । उक्त बिज्ञप्ति उषाकिरण आजादद्वारा जारी गरिएको छ ।

टिप्पणी लेख्नुहोस्