‘घर’को डरलाग्दो ट्रेलर रिलिज
त्रिशुलीखबर
June 6, 2019


काठमाडौं । साउन ३ मा रिलिज हुने हरर फिल्म ‘घर’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर निकै नै डरलाग्दो छ ।

सार्वजनिक भएको ट्रेलरमा सुरक्षा पन्त, अर्पण थापा र बेनिशा हमाल देखिएका छन् । तर ट्रेलरमा सुरक्षा नै हाबी भएकी छिन् ।

हरर कथामा निर्माण भएको फिल्ममा शर्मिला पाण्डेले लगानी गरेकी हुन् । काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको ‘घर’को कथा अभिनेता तथा निर्देशक अर्पण थापाले लेखेका हुन् ।

चलचित्र घरको भिडियो ट्रेलरः

टिप्पणी लेख्नुहोस्