चर्चित गीत ‘गलबन्दी’, शम्भु राईको पुरानो गीतसँग हुवहु मिल्यो, के चोरिएकै हो त लय ?
त्रिशुलीखबर
June 8, 2019


काठमाडौं । दुई साताअघि युट्यूबमार्फत सार्वजनिक ‘गलबन्दी’ बोलको गीत अहिले चर्चामा छ । पछिल्लो ६ दिनदेखि लगातार युट्यूब ट्रेन्डिङको पहिलो नम्बरमा रहेको गीतले लाखौं भ्यूज पाइसकेको छ ।

मौलिकपन झल्कने भनी व्यापक चर्चा पाएको प्रकाश सपुतको गीत ‘गलबन्दी’ अहिले समस्यामा परेको छ । यो गीत अर्को गीतसँग मिल्न गएकोले यो बौदिक चोरी भएको चर्चा छाउन थालेको छ । सामाजिक सञ्जालमा गीत चोरी भएको भन्दै सपुतको चर्चा सँगसँगै आलोचना पनि हुन थालेको छ । गीत चोरेको आरोप लाग्न थालेपछि सपुतले गीतका बारेमा प्रष्ट्याएका छन् ।

शम्भु राईको गीत चोरी भयो भन्ने हल्ला चल्न थालेपछि हामीले पनि शम्भु राईका पुराना गीतहरुको खोजी गर्न थाल्यौं । खोज्दै जाँदा पत्ता लाग्यो शम्भु राईको ‘आउ नाचौँ साथी हो कम्मर कसेर’ बोलको गीतसँग प्रकाशको ‘गलबन्दी’ बोलको गीत हुवहु मिलेको पाइयो । ‘गलबन्दी’ गीतको भाका गाउँदा प्रयोग भएको लय राईको गीतसँग मिलेपछि केही मत्थर भएको ‘गलबन्दी’ले फेरि चर्चा पाएको छ । 

के भन्छन् प्रकाश सपुत ?
‘शम्भु राईको गीत भर्खरै पहिलोपटक मैले सुनेको हुँ । मेरो गीतसँग मिल्यो भनेको गीत मैले शुक्रबार मात्र सुने । त्योभन्दा पहिला गीत सुनेको पनि थिइँन । गीतको लय भने मिलेको रहेछ ।’

गायक सपुतले आफूले अब शम्भु राईसँग कुरा गरेपछि मात्र आधिकारिक धारणा बाहिर ल्याउने पनि बताएका छन् । उहाँले भन्नुभयो, ‘शम्भु सरसँग औपचारिक कुरा भइसकेको छैन, उहाँले आधिकारिक रुपमा मलाई केही भन्नुभएको पनि छैन, गीत हुबहु त कसले कपि गर्छ र ?’

राईका धेरै गीतहरु सुनेको भएतापनि यो गीत चाँही नसुनेको सपुत बताउँछन् । उनले अब राईले आधिकारिक धारणा प्रस्तुत गरेपछि वा उहासँगको कुराकानी पश्चात मात्र आफ्नो धारणा राख्ने प्रष्ट्याएका छन् ।

‘गलबन्दी’मा प्रकाश सपुत र शान्तिश्री परियारको स्वरमा स्वयं प्रकाशकै शब्द तथा संगीत छ । गीतको भिडियोमा प्रकाश आफैँ र मोडल अञ्जली अधिकारी देखिएका छन् ।

सुन्नुहोस् दुई गीतका भाकाहरुः

टिप्पणी लेख्नुहोस्