कलाकार संघको अध्यक्षमा खड्का विजयी, सरिता लामिछाने ५७ मतले पराजित
त्रिशुलीखबर
June 9, 2019


काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का निर्वाचित भएका छन्।

सरिता लामिछानेलाई ५७ मतान्तरले पराजित गर्दै उनी अध्यक्षमा विजय भएका हुन्। खड्काले २१८ लामिछानेले १६१ मत प्राप्त गरेका थिए।

उपाध्यक्षमा अभिनेत्री रेजिना उप्रेती र सानुकुमार ताम्राकार विजयी भएका छन। रेजिनाले २४३ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धि विनोदकुमार भट्टराईले ९६ मत प्राप्त गरेका छन। त्यस्तै, ताम्राकारले १७५ र उनका प्रतिद्वन्द्वी मनोज केसीले १४२ मत प्राप्त गरेका छन।

महासचिवमा चेतबहादुर सिंह र सचिवमा पनाह अधिकारी विजयी भएका छन। उनीहरुले क्रमशः १८७ र १९४ मत पप्त गरेका छन।

यसअघि नै सुनिल कटुवाल कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए। सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी भएकी छन।

सदस्यमा शितल केसी, शारदा नेपाल, गोपाल नेपाल, जयकिशन बस्नेत, उद्धव भट्टराई, धनराज केसी, धर्मानन्द आचार्य, जीवन थापा, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भएका छन।

निर्वाचनमा ३८७ कलाकारले मतदान गरेका थिए।

टिप्पणी लेख्नुहोस्