हलमा सिनेमा हेर्नेको भन्दा यौन सम्पर्क गर्नेको भीड बढ्दो, २३ जोडी पक्राउ
त्रिशुलीखबर
June 10, 2019


काठमाडौं । सिनेमा घरहरु खासगरी सिनेमा प्रदर्शनका लागि नै बनाएका हुन्छन् । दर्शक ती घरहरुका ग्राहक हुन् । सिनेमा हेरेर मनोरञ्जन लिने कुरामा खासगरी शहरीया दर्शकहरु त चुजी नै हुन्छन् । उनीहरु हलको वातावरण, ध्वनी, स्कृन लगायतको अवस्था बुझ्छन् र हलमा छिर्छन् ।

तर, पछिल्लो समय युवायुवतीहरुको यौनसम्पर्क राख्ने गन्तव्य सिनेमाघर बन्न थालेको छ । शनिबार प्रहरीले विभिन्न हलहरुबाट २३ जनालाई आपत्तिजनक अवस्थामा रंगेहात फेला पारेपछि यस्तो रहस्य बाहिर आएको हो ।

घटना भारतको राजधानी नयाँदिल्लीको हो । नयाँदिल्लीको शंकर सिनेमा हलमा चलिरहेको फिल्म ‘अल इज वेल’ हेर्न आएका दर्शक मध्ये २३ जनालाई सिविल ड्रेसमा हलमा पुगेको प्रहरीले आपत्तिजनक गतिविधि गरिरहेको अवस्थामा नै पक्राउ गरे । पक्राउ परेका युवायुवती हलमा शारीरिक सम्बन्ध राखिरहेका थिए । केहीले लुगासमेत फुकाएर सर्वाङ्ग थिए भने केही यौन सम्पर्क गर्न तैयारी हुँदै थिए ।

त्यही क्रममा प्रहरीले उनीहरुलाई समातेको हो ।

पक्राउ परेका मध्ये १३ पुरुष र १० महिला रहेका छन् । अन्य केही महिलाहरु भने प्रहरीले समात्न खोज्दा भागेका थिए । प्रहरीले ती सबैलाई पक्राउ गरेर चौकीमा ल्याए र परिवारलाई खबर पठाए । परिवारको सहमतिमा उनीहरुलाई पहिलो पटक सम्झाई बुझाई गरी जमानतमा छाडिने एएसपी भास्कर मुखर्जीले बताए । परिवारको जिम्मा लगाउने प्रकृया चलिरहेको छ ।

एएसपी मुखर्जीका अनुसार पछिल्लो समय राजधानी तथा अन्य शहरहरुमा फिल्म हेर्ने बहानामा युवायुवतीहरु हलमै शारीरिक सम्पर्क राख्न जाने गरेका छन् ।
–एजेन्सी

टिप्पणी लेख्नुहोस्