पोखरामा लागूऔषध कारोबारीमाथि प्रहरीले गोली चलायो
त्रिशुलीखबर
June 12, 2019


पोखरा, २९ जेठ । पोखराको उत्तमचोकमा गोली चलेको छ । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो ।

लागूऔषध लिएर हिँडेको खबरपछि पछ्याउँदै गएको प्रहरीलाई नै आक्रमण प्रयास भएपछि प्रतिरक्षाका लागि गोली चलाएको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिएका छन् । प्रहरीले चलाएको गोलीबाट गोविन्द थापा घाइते भएका छन् । खुट्टामा गोली लागेर घाइते थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

थापाको साथबाट डाईजोपाम, नुर्फिन र फेनार्गन लगायतका १५ सय थान लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्