बाबुआमाको हेरचाह नगर्ने सन्तानलाई जेल हाल्ने बिहार सरकारको घोषणा
त्रिशुलीखबर
June 12, 2019


बिहार, भारत । भारतको बिहार राज्य सरकारले आफ्ना बाबुआमाको हेरचाह नगर्ने सन्तानलाई जेल हाल्ने निर्णय गरेको छ । बिहार सरकारले मातापिताको हेरचाहलाई अनिवार्य गर्ने निर्णय गरेको छ ।

हेरचाह नगरेको उजुरी परेमा उनीहरूलाई जेल हालिने निर्णय मंगलबार त्यहाँको सरकारले गरेको हो ।

यससँगै बिहार सरकारले मुुख्यमन्त्री वृद्धा पेन्सन योजनालाई ‘राइट टु सर्विस एक्ट’मा सामेल गर्ने निर्णय गरेको छ । मंगलबार राज्यका मुुख्यमन्त्री नितिश कुमारको अध्यक्षतामा बसेको मन्त्रीपरिषदको बैठकले यीवाहेक विभिन्न १७ एजेन्डालाई स्विकृति समेत दिएको छ ।

मदिरा निषेधपछि नितिश सरकारको यो निर्णयलाई अर्को सामाजिक कुरीतिविरूद्धको कदमका रूपमा लिइएको छ ।

एजेन्सी

टिप्पणी लेख्नुहोस्