फेसबुकका स्टाटस शेयर गरेमा १५ लाखसम्म जरिवाना र ५ वर्ष कैद
त्रिशुलीखबर
June 12, 2019


काठमाडौं, २९ जेठ । सामाजिक सञ्जालमा अङ्कुश लगाउने विधेयक संसद्को विकास तथा प्रविधि समितिको उपसमितिले बहमुतले पारित गरेको छ । सूचना प्रविधि सम्बन्धी विधेयक पारित भए पनि अब संसदीय समितिमा जाने छ ।

उपसमितिले सामाजिक सञ्जालको कसुरदारलाई १५ लाख रुपैयाँ जरिवाना तथा पाँच वर्ष कैद वा दुवै सजायको व्यवस्था गरेको उपसमितिका एक सदस्यले जानकारी दिएका छन् । उपसमितिको प्रतिवेदन बहुमतले पारित भएको हो ।

बुधवार बसेको उपसमितिको बैठकले अर्को व्यक्तिलाई हैरानी गर्ने, जिस्काउने, होच्चाउने, होत्साहित गर्ने, अपमान गर्ने वा हप्काउने जस्ता क्रियाकलापलाई दण्डनीय बनाएको छ ।

समितिले सामाजिक सञ्जाल दर्ता हुनुपर्ने जस्ता नियन्त्रणकारी प्रावधान राखेको छ । घृणा, द्वेष वा अपहेना हुने काम कारबाहीमा समेत प्रतिबन्ध लगाइएको छ । उदाहरणका लागि कसैले फेसबुकमा केही विषयमा स्टाटस लेख्यो र त्यो स्टाटस विधेयकमा उल्लेख गरिएका व्यवस्थाको प्रतिकूल भयो भने त्यो स्टाटस शेयर गर्ने व्यक्तिलाई पनि सजाय हुनेछ ।

उपसमिति सदस्य काँग्रेस सांसद बहादुर सिंह लामाले भने असहमति जनाएका छन् ।

टिप्पणी लेख्नुहोस्