५७ लाख रुपैयाँसहित एक भारतीय पक्राउ
त्रिशुलीखबर
June 12, 2019


काठमाडौं, २९ जेठ । स्रोत नखुलेको शंकास्पद ५७ लाख ७९ हजार ४९० नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

सोमबार बेलुकी जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी वडकी फुलबरीया बाराबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले बाराको सुवर्ण गाउँपालिका –७ शनफुलवास्थित दशगजा क्षेत्रबाट उनलाई पक्राउ गरेको हो ।

सडकमा चेकजाँचको क्रममा भारत बिहार मोतिहारी जिल्ला थाना छौडादानो ग्राम दर्पा वडा ११ पिपराटोल बस्ने २४ वर्षका वृजकिशोर कुमार पक्राउ परेका हुन् ।

उनी बिआर ०५ एसी ४४८६ नम्बरको मोटरसाइकलमा सवार थिए । प्रहरीले चेकजाँजको क्रममा दुवै खुट्टाको घुँडामुनी पिडौंलाको भाग, कम्मर, पाइन्टको खल्ती तथा हेल्मेट र मोटरसाइकलको डिक्कीसमेतमा लुकाइ राखेको अवस्थामा सो रकम बरामद गरेको प्रहरीले बताएको छ । उनलाई बरामदी रुपैँयासहित थप अनुसान्धनका लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पुल्चोक ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणी लेख्नुहोस्