साढें २ करोडको बिएमडब्लु कारका मालिकले चोरे हाँस र कुखुरा
त्रिशुलीखबर
June 12, 2019


काठमाडौं । मानिसका शौखहरु पनि आश्चर्य लाग्ने खालका छन् । ती शौख पुरा गर्न मानिसले जे गर्न पनि तैयार हुन्छन् ।

यस्तै एक मामिला सामुन्ने आएको छ । जहाँ उनले आफ्नो शौख पुरा गर्न के सम्म गरे, त्यसको हालै खुलासा भएको छ । उनको चर्चा सामाजिक सञ्जालमा व्यापक भैरहेको छ ।

चीनका एक धनी किसानले आफ्नो शौख पुरा गर्नको लागि २ करोड ६० लाखमा बिएमडब्लु कार खरिद गरे । ५० बर्षका उनले केही समयसम्म मजा लिएर बिएमडब्लु घुमिरहेका थिए । तर, गाडीमा बारम्बार पेट्रोल सकिने र गोजीको पैसा पनि रित्तिएपछि उनी हैरान हुन थाले । पेट्रोल भर्दाभर्दै हैरान भएका बिएमडब्लु कारका मालिकले उपाय निकाले । कुखुरा चोरीको ।

आफ्नो शौख पुरा गर्न र स्टाटस मेनटेन गर्न उनले अरुको घरबाट कुखुरा र हाँस चोरी गर्न सुरु गरे । साउथ चाइना मर्निङपोष्टका अनुसार निजले मानिसहरुको घरबाट हाँस र कुखुरा चोरेर बजारमा लग्थे र बेच्ने गर्थे । त्यसबाट आएको पैसाबाट गाडीमा पेट्रोल भर्ने गरेका थिए ।

समाचारका अनुसार अप्रिलबाट सो व्यक्तिले सिचुआन प्रान्तको लिन्सुइबाट पंक्षीहरुको चोरी सुरु गरेका थिए । स्थानीयहरु लगातार चोरीको घटनापछि आजित भएर उनको बदमासीको उजुरी सिचुआन प्रहरीमा दिएका थिए । यसपछि प्रहरीले अनुसन्धान सुरु गर्यो । पछि थाहालाग्यो कुखुरा चोरी गर्ने व्यक्ति तिनै बिएमडब्लु कारका मालिक थिए । प्रहरीले यसको पुष्टि गरेको छ।

आफ्नो शौखले बाध्य भएर कुखुरा चोरी गरेको बताएका बिएमडब्लुका मालिक अहिले जेलमा छन् ।

टिप्पणी लेख्नुहोस्