बेलायतबाट भूमिगत रेल चढेर प्रधानमन्त्री ओली फ्रान्स पुगे
त्रिशुलीखबर
June 12, 2019


बार्सिलोना, २९ जेठ । नेपालमा सबैभन्दा चर्चा भएको विषय रेल बारे हो । भारतसँग मात्र होइन चीनबाट पनि रेल ल्याउने सपना तात्कालिन एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाँडेपछि यसको चर्चा बाग्लिन थाल्यो । प्रधानमन्त्री भएपछि पनि उनले रेल कुदाउने सपनालाई जागै राखेका छन् ।

नेपालमा रेल आउने हल्ला चलिरहेका बेला बेलायतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली भूमिगत रेल चढेर फ्रान्स हिंडेका छन् । तीन दिने बेलायत भम्रण सकेर प्रधानमन्त्री ओली युरो टनेल भनिने भूमिगत रेल चढेर पेरिसतर्फ प्रस्थान गरेका हुन् ।

१९ अर्व डलरभन्दा बढीको लागतमा फ्रान्स र बेलायतबीच समुद्री सतह ‘इंग्लिस च्यानलमुनि’ बनाइएको सुरुङमार्ग ५० किलोमिटर लामो छ । प्रत्येक वर्ष करिब एक करोड यात्रु बेलायत र फ्रान्सबीच आवतजावत गर्ने उक्त सुरुङमार्ग हुँदै नेपालका प्रधानमन्त्री पनि लण्डनबाट पेरिस प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो फ्रान्सका प्रधानमन्त्री इडियार्डों फिलिपेसँग भेटवार्ता हुने पेरिसस्थित नेपाली दूताबासले जनाएको छ । नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको छ ।

टिप्पणी लेख्नुहोस्