गाउँपालिका इञ्जिनियर घुस रकमसहित पक्राउ
त्रिशुलीखबर
June 13, 2019


काठमाडौं । इटहरीमा एक इञ्जिनियर घुससहित पक्राउ परेका छन् । सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई एक लाख घुस रकमसहति अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

बिहीबार बिहान आयोगबाट खटिएको प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको टोलीले इञ्जिनीयर श्रेष्ठलाई पक्राउ गरेको हो । इञ्जिनीयर श्रेष्ठले झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा एक लाख घुस लिएको आरोप लागेको छ ।

आयोगको इटहरी कार्यालयका प्रमुख महेश आचार्यका अनुसार इञ्जिनीयर श्रेष्ठको साथबाट नगद एक लाख बरामद गरेको छ ।

टिप्पणी लेख्नुहोस्