जेसीबी र अटोरिक्सा आपसमा ठोक्किँदा ३ को ज्यान गयो
त्रिशुलीखबर
June 14, 2019


काठमाडौं, ३१ जेठ । कञ्चनपुरमा आज बिहान जेसीबी र अटोरिक्सा आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका –६ बनगाँउमा उक्त दुर्घटना भएको र दुर्घटनामा परि पाँच जना घाइते भएको प्रहरीले बताएको छ ।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार गड्डाचौकीबाट महेन्द्रनगर आउँदै गरेको म१ह ७६३ नम्बरको अटोरिक्सा र गड्डाचौकीतर्फ जाँदै गरेको से१क ७३३ नम्बरको जेसिबी शुक्रबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत बनागाउँमा आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा २ पुरुष र १ महिलाको मृत्यु भएको छ । उनीहरूको परिचय खुल्न बाँकी छ । घाइते ५ मध्ये एक जनाको अवस्था गम्भीर छ । घाइतेको अहिले महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने चालक र जेसीबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

टिप्पणी लेख्नुहोस्