टिकटकको लत लागेकी महिलाले टिकटकमै गरिन् लाइभ आत्महत्या
त्रिशुलीखबर
June 14, 2019


एजेन्सी भारत । श्रीमानसँग सामान्य विवाद भएपछि भारतमा एक महिलाले टिकटकमा लाइभ आत्महत्या गरेकी छिन् । भारत तमिलनाडुस्थित अरियालुरमा २४ वर्षीय अनिता नाम गरेकी ती महिलाले विष पिएर आत्महत्या गरेकी हुन् ।

भारतीय संचार माध्यमका अनुसार आत्महत्या गर्ने अनितालाई टिकटकको लत लागेको थियो ।

टिकटक कै विषयलाई लिएर परिवारमा दिनहुँ जसो किचलो हुने गथ्र्यो । त्यसै कारण अनिताले आत्महत्या गरेको मिडियाहरुले जनाएका छन् । धेरै टिकटक चलाएको भन्दै श्रीमानले गालि गलौज गरेपछि अनिताले आत्महत्या गरेको बताइएको छ ।

अनिताले विष पिएर आत्महत्या गरेको भिडियो सामाजिक सञ्जालमा फेला परेको छ । आफ्नो अन्तिम भिडियोमा अनिताले पतिलाई सम्बोधन गर्दै छोराछोरीलाई ध्यानदिन आग्रह गरेकी छिन् । पतिलाई सम्बोधन गरेपश्चात महिलाले सेतो बोतलमा रहेको विष पिएको भिडियोमा देखिएको छ ।

प्राप्त जानकारीअनुसार विष पिए लगत्तै उनको मृत्यु भएको थियो । आत्महत्या गरेकी अनिताका पति भने अहिले सिंगापुर रहँदै आएका छन् । धेरै समय अगाडीदेखि टिकटकको लत लागेकी अनिताले दैनिकजसो भिडियो बनाएर अपलोट गरिरहन्थिन् । सोही विषयलाई लिएर पति–पत्नीबिच बारम्बार झगडा हुने गरेको थियो । अनितालाई चिन्ने नजिकका महिला साथीहरुका अनुसार उनी टिकटक बिना बस्न सक्दैन थिइन्।

यो पनि हेर्नुहोस्स् सुनको मूल्य आज वर्षकै सबैभन्दा महँगो – आज साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मुल्य ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मुल्य तोलामा ६ सय रुपैयाले बढेको छ ।

बिहिबार तोलामा १ सय रुपैयाले बढेको सुनको मुल्य आज भने ह्वात्तै बढेको हो ।बिहिबार प्रतितोला ६२ हजार ४ सय रुपैयामा कायम रहेको छापावाला सुनको मुल्य आज तोलामा ६३ हजार रुपैयामा किनबेच भैरहेको महासंघले जनाएको छ ।

आजको सुनको मुल्य यो वर्षकै सबैभन्दा महँगो हो ।त्यस्तै आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाले बढेको छ । बिहिबार प्रतितोला ७ सय १५ रुपैयामा किनबेच भइरहेको चाँदीको मुल्य आज तोलामा ७ सय २० रुपैयामा कायम रहेको महासंघले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्