पूर्वशिक्षामन्त्रीको अन्तिम विदाई
त्रिशुलीखबर
June 14, 2019


चितवन, ३१ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वशिक्षामन्त्री धनीराम पौडेललाई अन्तिम श्रद्धान्जली दिएका छन् । आज बिहान अध्यक्ष प्रचण्डले चितवनको माडीस्थित निवासमा पुगेर उहाँको पार्थिव शरिरमा हँसिया हथौडा अंकीत झण्डा ओडाएर अन्तिम श्रद्धान्जली अर्पण गरेका हुन् ।

श्रद्धान्जली कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षामन्त्री गिरीराजमणी पोख्रेल, नेकपाका नेताहरू वामदेव गौतम, अमिक शेरचन, देव गुरूङ लगायतका नेताहरूको उपस्थिती थियो ।

पौडेलको आजै चीतवनको माडीमा दाहसंस्कार गरिएको छ ।

टिप्पणी लेख्नुहोस्