औषधी सेवन गरेर सम्भोग गर्दा युवतीको मृत्यु
त्रिशुलीखबर
June 14, 2019


काठमाडौं । यौन प्राकृतिक कुरा हो भन्ने जान्दाजान्दै यसको प्राकृतिक नियम विपरीत जाँदा मानिसको जीवन आनन्दमय हुनुको साटो कष्टसाध्य हुने मात्र हैन मृत्युको मुखमा समेत पुग्छ भन्ने कुरा थाहा पाउन छिमेकी मुलुक भारतमा हालै घटेको एक घटना नियाले पुग्छ ।

एक जोडीले सम्भोग गर्नुअघि चरम आनन्द लिन भन्दै सेवन गरेको सेक्स पावर नामक औषधीका कारण युवतीको ज्यानै गएकोछ । औषधी सेवन गरेर सम्भोगमा लिप्त हुदाँ युवतीले ज्यान गुमाउन पुगेको अस्पताल श्रोतले बताएको छ ।

गुजरातका २६ वर्षिया किशोर गुप्ताले यौन उत्तेजना बढाउने ‘पावर सेक्स’ नामक औषधी सेवन गरेर आफ्नी केटी साथी नितासँग यौनसम्पर्क गर्दा उनको मृत्यु भएको हो । औषधी खाएपछि आफ्नो उत्तेजना थाम्न नसकी निरन्तर गरेको सेक्सका कारण निताले मृत्युवरण गरेको गुजारत प्रहरीले जनाएको छ ।

किशोरको बयानलाई आधार मान्दै भारतीय मिडियाले लेखेका छन्, ‘निता र किशोरबिच नियमित यौन सम्बन्ध हुने गरेको भएपनि मंगलबार किशोर किशोरीले नै औषधी खाएर यौन सम्बन्ध राखेका थिए ।’ अत्याधिक उत्तेजना भएपछि युवकको निरन्तर यौनसम्पर्कका कारण युवतीको गुप्ताङ्गमा चोट पुगेकोले उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्