काठमाडौंमा साढे २ तले घर बनाउन लाग्ने खर्च
त्रिशुलीखबर
June 14, 2019


काठमाडौं, ३१ जेठ । उपत्यकामा घर बनाउने सोंचमा हुनुहुन्छ भने खर्च कति लाग्ला भन्ने जिज्ञासा हुनसक्छ । उपत्यकामा साढे २२ सय स्वायकर फिटको साढे २ तले घर बनाउने हो भने करिब ७० लाख रुपैयाँ खर्च लाग्ने इन्जिनियरहरु बताउँछन् ।

इन्जिनियरका अनुसार उपत्यकामा एउटा घर बनाउन कम्तिमा पनि ६५ लाख र बढीमा ७० लाख रुपैयाँसम्म खर्च लाग्नेछ । काठमाडौं उपत्यकामा नै आवासीय घर बनाइरहेका ठेकेदारहरुले ७० लाख रुपैयाँको हाराहारीमा घर ठडाउने छन् ।

घर बनाउने ठाउँ, प्रयोग गरिने निर्माण सामाग्रीको गुणस्तर जस्ता बस्तुको प्रयोगले मूल्यमा केही तलमाथि भने पर्नसक्छ । यस्तै घरको क्षेत्रफल तथा जग्गाको बनोटको हिसावले पनि मूल्य कम वा बढी हुनसक्छ ।

खर्च हुने रकमः

गिट्टी – ८ टिपर, प्रतिटिपर ३६ हजार रुपैयाँका दरले २ लाख ८८ हजार रुपैयाँ

बालुवा – १३ टिपर, प्रतिटिपर २७ हजार रुपैयाँका दरले ३ लाख ५१ हजार रुपैयाँ

सिमेन्ट – ११०० बोरा, प्रतिबोरा औसत ८ सय रुपैयाँका दरले ८ लाख ८० हजार रुपैयाँ

इट्टा – ५० हजार पिस, प्रतिपिस १७ रुपैयाँका दरले ८ लाख ५० हजार रुपैयाँ

छड – १३ टन, प्रतिकेजी ८७ रुपैयाँका दरले ११ लाख ३१ हजार रुपैयाँ

प्लम्बिङ ज्यालासहित – करिब ४ लाख रुपैयाँ

काठका चौकोस र ढोकाहरु – करिब ३ लाख रुपैयाँ

आल्मुनियमका झ्यालहरु – करिब २ लाख रुपैयाँ

झ्यालहरुमा हाल्ने डन्डी लगायत – करिब ३ लाख ५० हजार रुपैयाँ

धारा, चुकूल, ताल्चा लगायत – करिब २ लाख ५० हजार रुपैयाँ

रङ – करिब ३ लाख रुपैयाँ

किचन, बाथरुमको मार्वल – तीन वटा बाथरुम र दुई वटा किचनको लागि, करिब २ लाख ५० हजार रुपैयाँ

घर बनाएको ज्याला – करिब १३ लाख ५० हजार रुपैयाँ

बिद्युत सम्बन्धी सामाग्री ज्याला सहित – करिब २ लाख रुपैयाँ

नक्सा डिजाइन – करिब ६० हजार रुपैयाँ

नगरपालिका खर्च – करिब ६० हजार रुपैयाँ

इनार बनाउन – करिब ५० हजार रुपैयाँ

अन्य छिटफुट खर्च – ३ लाख रुपैयाँ

टिप्पणी लेख्नुहोस्