१९ जना डिआइजीको सरुवा, को कहाँ ?
त्रिशुलीखबर
June 15, 2019


काठमाडाैं, ३२ जेठ । गृह मन्त्रालयले १९ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयअनुसार प्रदेश तथा अन्य विभिन्न स्थानमा डिआइजी फेरिएका हुन् ।

सरुवा सूचीअनुसार एक नम्बर प्रदेशमा ठाकुर ज्ञवाली सरुवा भएका छन् । सूदुरपश्चिम प्रदेशमा तारिणी लम्सालको सरुवा भएको छ । अन्यथा नभए वर्तमान नेतृत्वको अवधि समाप्त भएपछि उनीहरु दुई मध्येबाट एक जना ६ महिनाका लागि प्रहरी महानिरीक्षक बन्नेछन् ।

गृह स्रोतका अनुसार प्रदेश दुईमा त्यसपछि आउने नेतृत्वका दाबेदार प्रद्युम्न कार्कीको सरुवा भएको छ । उनी प्रहरी राष्ट्रिय शिक्षण प्रतिष्ठानमा कार्यरत थिए । सरुवाअनुसार केदार रिजालको योजना तथा अन्वेषण शाखा, तीन नम्बर प्रदेशमा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा विनोद शर्मा घिमिरे, पाँचमा सुरेशविक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशीको सरुवा भएको छ ।

एसएसपी दरबन्दी कायम गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षामा सूर्य उपाधय्यायको सरुवा भएको छ । भरतपुर तालिम केन्द्रमा हरिभक्त प्रजापति, विशेष ब्युरोमा हरिबहादुर पाल, अख्तियारमा कमल जिटी, महिला बालबालिका सेवा निर्देशनालयमा पिताम्बर अधिकारीको सरुवा भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरी, केन्द्रीय अनुसन्धान ब्युरो र लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख यथावत् छन् । प्रहरी प्रवक्तामा विश्वराज पोखरेललाई कायम गरिएको छ ।

सरुवा सूचीः

टिप्पणी लेख्नुहोस्