रानी ऐश्वर्यको पहिलो जनपत्र
त्रिशुलीखबर
June 19, 2019


काठमाण्डौं । दुर्लभ तथा अमूल्य अनुहारहरुका जीवनी लेखेर भावी पुस्ताका लागि जानकारी र प्रेरणा दिने काम आफैमा महत्वको छ। यसअर्थमा नरेन्द्रराज प्रसाईको नाम अग्रपंतीमा आउँछ। उनै गीतकार, निबन्धकार, जीवनीकार, कोशकार, सम्पादक तथा साहित्यिक सङ्गठक प्रसाईंले अर्को एक नवीनतम खोजको सार्वजनीकरण गरेका छन्।

२०५८ जेठ १९ को कालो रात, जुन दिन राजपरिवारसहित रानी ऐश्वर्यको हत्या भयो। उनको देह यस भौतिक संसारमा नरहे पनि काव्यात्मक नाममा चाँदनी शाहका रुपमा रचित रचनाहरु हाम्रो सामु अजर-अमर भएर रहेका छन्। उनलाई धेरैले युगौंयुग सम्झिरहने छन्।

ऐश्वर्य अर्थात चाँदनी शाहले नरेन्द्रराज प्रसाईलाई २०४३ श्रावण १ गते राजदरबारबाट पत्र पठाउनु भएको थियो। उनले आफ्नो निजी लेटर प्याडमा आफैंले नै टाइफ गरेर प्रसाईलाई पठाउनु भएको पत्र सम्भवतः पहिलो जनपत्र समेत हो।

रानी ऐश्वर्यले पठाएको जनपत्रः

श्रावण १, २०४३
श्री नरेन्द्र राज प्रसाई,
बुद्ध मन्दिर, घट्टेकुलो,
डिल्ली बजार, काठमाडौं।
मैले जानीनजानी कोरेका शब्दहरुको संकलन गरेर, विभिन्न समालोचक, साहित्यकार, लेखक तथा कविहरुको अभिव्यक्ति र सुझाव समेत संकलन तथा सम्पादन गरेर जनसमक्ष प्रकाशित गराइदिनु भएकोमा म धन्यवाद व्यक्त गर्न चाहन्छु। यसै गरी तपाईं मार्फत ‘चाँदनी शाह आफ्नै आकाश आफ्नै परिवेश’ मा आफ्नो अभिव्यक्ति दिनुहुने सबै महानुभाव समक्ष पनि मेरो धन्यवाद पुर्‍याइदिन अनुरोध गर्दछु।
-चाँदनी शाह

टिप्पणी लेख्नुहोस्