इतिहासमै सुनको मूल्यको नयाँ रेकर्ड
त्रिशुलीखबर
June 20, 2019


काठमाडौं, ५ असार । नेपालको इतिहासमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज तोलाको ६४ हजार रुपैयाँ मुल्य कायम हुन पुगेको छ।

यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। २०७५ साल फागुन ८ गते सुन प्रतितोला ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यो रेकर्ड तोड्दै सुनले आज ६४ हजारको नयाँ रेकर्ड कायम गरेको हो।

सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ। बजेट भाषणको अघिल्लो दिन ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन एकैदिन १५ सय रुपैयाँले बढेर ६१ हजार रुपैयाँ पुगेको थियो। त्यसयता सुन निरन्तर उकालो लाग्दै २० दिनको अवधिमा तोलामा ४५ सय रुपैयाँ बढिसकेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १३८१ डलर पुगेको छ। बिहीबार पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लागेको छ। पोर्चुगलले एक हजार अमेरिकी सेना फिर्ता पठाउने निर्णय गरेपछि दुई देशबीच उत्पन्न तनाव पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नुको मुख्य कारण रहेको बताइन्छ।

अमेरिका र चाइनाबीच चलिरहेको ट्रेड वार, अमेरिका र भारचबीचमा भएको ब्यापारिक तनाब सुनको मूल्य बढ्नुका अरु सहायक कारण भएको व्यवसायीको भनाई छ। अन्तर्राष्ट्रिय क्षेत्रमा चलिरहेका यी विवाद नसुल्झीए सुनको मूल्य अझै बढ्नसक्ने व्यवसायीहरु बताउँछन्।

टिप्पणी लेख्नुहोस्