दुुई दिन टिभी च्यानल बन्द गर्ने केवल टीभी व्यवसायीहरुको घोषणा
त्रिशुलीखबर
June 20, 2019


काठमाडौं, ५ असार । सरकारले राष्ट्रिय सभामा दर्ता गराएको विज्ञापन विधेयकमा राखिएको क्लिनफिडको प्रावधानमा आपत्ति जनाउँदै केबल टीभी व्यवसायीहरु आन्दोलित भएका छन्।

केवल टीभी व्यवसायीहरुले क्लिनफिडको विरोधस्वरुप असार ९ र १० गते २४ घण्टा विदेशी च्यानल बन्द गर्ने घोषणा गरेका छन्।

आज जारी गरेको विज्ञप्तिमा आगामी सोमबार १२ बजेदेखि मंगलबार १२ बजेसम्म विदेशी च्यानलहरु बन्द गर्ने घोषणा गरेको उल्लेख छ।

इन्टरनेट तथा डिजिटल सेवा प्रदायक समन्वय समितिका संयोजक दिनेश सुवेदी, इन्टरनेट सेवा प्रदायक एसेसियसनका अध्यक्ष भोजराज भट्ट, नेपाल केबुल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुली र डिस मिडिया नेटवर्क लिमिटेडका प्रबन्ध निर्देशक सुदीप आचार्यद्वारा संयुक्त रुपमा हस्ताक्षर गरी विज्ञप्ति जारी गरिएको छ।

टिप्पणी लेख्नुहोस्