टिममै नभएका डी भिल्लियर्समाथि दोष
त्रिशुलीखबर
June 21, 2019


काठमाडौं, ५ असार । यसपटकको विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाका एबी डी भिल्लियर्स टिममा समावेश छैनन्। तर स्थिति कस्तो छ भने टिमको खराब प्रदर्शनको दोष भने उनै डी भिल्लियर्समाथि लागेको छ।

डी भिल्लियर्स आधुनिक क्रिकेटका सर्वाधिक उत्कृष्ट खेलाडीमध्ये एक हुन्।

उनले फ्रेन्चाइज क्रिकेटमा पनि उत्तिकै राम्रो गरिरहेका छन्। तर किन हो एक वर्षअघि उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए। विश्वकपका लागि दक्षिण अफ्रिकी टिम घोषणा हुने दिन बिहानै उनले कप्तान फाफ डु प्लेसिस तथा प्रशिक्षक ओटिस गिब्सनलाई फोन गरेर आफू टिममा फर्कन तयार रहेको बताएका थिए। तर पनि छनौटकर्ताहरूले उनलाई टिममा लिन चाहेनन्। उनिहरूको तर्क थियो, डी भिल्लियर्सले सन्यास लिएयता लगातार टिममा रहेका अरू खेलाडीमाथि अन्याय हुन्छ।

टिप्पणी लेख्नुहोस्