सपुतको अर्को काण्ड, नारायण गोपालको गीत पनि चोरे !
त्रिशुलीखबर
June 21, 2019


काठमाडौं । गायक प्रकाश सपुतले स्वरसम्राट नारायण गोपालको गीत पनि चोरी गरेका छन्।

सपुतको ‘गलबन्दी’ बोलको गीत वरिष्ठगायक शम्भु राईको देउसी गीतबाट चोरी गरिएको आरोप लागिरहेको बेला उनीमाथि नारायण गोपालको गीत पनि कपी गरेको आरोप लागेको छ।

सपुतले गलबन्दी गीत निकाल्नुअघि ‘केटाहरु नबन सोझो’ बोलको गीत निकालेका थिए। सो गीतलाई दर्शकले निकै मनपराएका थिए। तर उक्त गीतको भाका नारायण गोपालको गीतको भाकासँग मिलेको छ।

नारायण गोपालको ‘बैनीको दया छ भने, रोधी घरमा दाई नाँच्यो नभने’ बोलको गीतलाई सपुतले अनुमती बिना रिमेक गरेको आरोप लागेको हो।

गायक सपुतले भने शम्भु राईको गीतको विषयमा आफूले उक्त गीत कहिल्यै नसुनेको जिकिर गर्दै राईलाई खुलापत्र लेखेका थिए। यस पत्रलाई केही ठूला मिडियाहरुले अत्यन्त महत्व दिएर संप्रेषण गरेका थिए।

भिडियो निर्माण शैलीमा समेत गलबन्दीमा झैं हुवहु नारायण गोपालको गीतमा पनि अपनाइएको छ।

हेर्नुहोस् भिडियोः

टिप्पणी लेख्नुहोस्