सुटकेसभित्र व्वाइफ्रेण्ड राखेर जेलबाट भगाउन खोज्ने प्रेमिका पक्राउ
त्रिशुलीखबर
June 23, 2019


एजेन्सी । आफ्नो व्वाइफ्रेण्डलाई सुटकेसभित्र कोचेर जेलबाट भगाउने एक युवतीको प्रयास असफल भएको छ। भेनेजुयलाको उत्तरपूर्वमा रहेको जोसे एन्टोनीयो एन्जोआटेन्गुइ जेलभित्र थुनिएका इब्राहिम जोसे भार्गस गार्सियालाई भगाउन उनकी २५ वर्षिय प्रेमिका एन्टोनीटा रोब्लेस साउदाले गरेको प्रयास असफल भएको हो।

उनका व्वाइफ्रेण्ड इब्राहिम कार चोरीको आरोपमा पक्राउ परेका थिए र उनलाई ९ वर्षको जेल सजाय सुनाइएको थियो।

व्वाइफ्रेण्डलाई भेट्ने बहानामा गुलाबी रंगको सुटकेश लिएर जेलभित्र पसेकी एन्टोनिटालाई कसैले ध्यान दिएनन्। तर आधा घन्टापछि जेलबाट निस्कदा सुटकेश भारी भएर उनलाई घिस्याउन निकै गाह्रो पर्‍यो। त्यो देखेपछि एक सुरक्षा गार्डले शंका लागेर सुटकेश खोल्न लगाए। जब उनी सुटकेस खोल्न वाध्य भइन्, भित्र इब्राहिम पोको परेर बसिरहेका थिए।

सजिलोका लागि सुटकेसभित्र अरु सामान पनि कोचिएको रहेछ। सुरक्षाकर्मीले तुरुन्तै इब्राइमलाई जेलभित्र हुले अनि उनकी प्रेमिकालाई पनि पक्राउ गरे।

टिप्पणी लेख्नुहोस्