नेपाललाई हिन्दु राज्य बनाउन भारतले पैसा खर्च गरेको अमेरिकी ठहर
त्रिशुलीखबर
June 23, 2019


काठमाडौं, ८ असार । विश्व महाशक्ति संयुक्त राज्य अमेरिकाले पहिलो पटक आफ्नो विदेश नीतिमा धार्मिक मुद्दालाई जोड दिएको एउटा प्रतिवेदन तयार पारेको छ। जहाँ नेपाल सन्दर्भमा भारतीय संस्थापन भारतीय जनता पार्टी (भाजपा)ले हिन्दु राज्य बनाउन पैसा खर्च गरेको आरोप लगाइएको छ।

अमेरिकी विदेशमन्त्री माइक पम्पेओले सन् २०१८ को १ जनवरीदेखि ३१ डिसेम्बरसम्मका घटनाक्रमका आधारमा तयार पारिएको प्रतिवेदन सार्वजनिक गरेका हुन्।

भर्खरै मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विश्वास पात्र मानिने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दु राज्य हुनसक्ने बताएका थिए। नेपालका पत्रकारको एउटा टोलीसँगको संवादमा उनले हिन्दु राज्य हुनेमा चासो राखेका थिए।

तर, त्योभन्दा अघि नै शुक्रबार अमेरिकी सरकारको एउटा प्रतिवेदनले नेपालमा भाजपाले हिन्दु धर्मका लागि खर्चालु व्यवहार गरेको उल्लेख छ। रिपोर्ट अन इन्टरनेशनल रिलिजियस फ्रिडम– २०१८ मा यस्तो उल्लेख भएको विवरणहरू सार्वजनिक भएका छन्।

उसले भनेको छ,‘भाजपाले नेपालका सबैजसो राजनीतिक दलका नेताहरूलाई पैसा बाँडेको छ।’

नेपालमा इसाई धर्म निकट संघसंस्थाले पैसा बाँडेको भनी विरोध भइरहेका बेला अमेरिकाले सार्वजनिक गरेको प्रतिवेदन भने ठ्याक्कै उल्टो रहेको छ।

विश्वभरका घटना समेटिएको अमेरिकी प्रतिवेदनमा नेपालसम्बन्धी प्रसंग १४ पृष्ठमा उल्लेख छ। सो प्रतिवेदन सार्वजनिक गर्दै अमेरिकी विदेशमन्त्री पम्पेओले धर्मका आधारमा कतिपय मुलूकमा जेल पठाइनुका साथै हत्यासमेत भएको जनाएका छन्। उनले ट्रम्प प्रशासनले धार्मिक स्वतन्त्रतालाई पहिला कहिल्यै नभएको विदेश मामिलाको एजेन्डाका रुपमा अहिले प्रवर्धन गरेकोसमेत उल्लेख गरेका छन्।

टिप्पणी लेख्नुहोस्