कौडा खालामा प्रहरी छापा, १८ लाख ८७ हजार बरामद
त्रिशुलीखबर
June 25, 2019


काठमाडौं, १० असार । सोमबार राति कौडा खेलिरहेका पाँचजना जुवाडेलाई प्रहरीले मुड्खु भज्याङ्बाट नियन्त्रणमा लिएको छ।

बालाजु प्रहरीले कौडा खेलिरहेको अवस्थामा काभ्रे जिल्ला बनेपाका राज तामाङ, उदयपुर जिल्ला गाइघाटका विमल कार्की, दिपक राई, नुवाकोट जिल्ला तारकेश्वरका अशोक तामाङ र संखुवासभाका राजु ब्लोनलाई पक्राउ गरेको जनाएको छ। प्रहरीले उनीहरुको साथबाट १८ लाख ८७ हजार र दुई थान कौडा बरामद गरेको छ।

कौडा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलिले नगदसहित रंगेहात पक्राउ गरेका जुवाडेहरुलाई महानगरीय प्रहरी वृत्त बालाजुमा राखिएको प्रमुख डीएसपी बाल नरसिंह राणाले जानकारी दिएका छन्।

पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको छ।

टिप्पणी लेख्नुहोस्