रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ विवादमा
त्रिशुलीखबर
June 26, 2019


काठमाडौं, ११ असार । चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ विवादमा तानीएको छ। सिजन १ सफल भए पछि सिजन २ को घोषणा समेत भइसकेपछि भ्वाईस विवादमा तानीएको हो। कान्तिपुर एचडी बाट भ्वाइसको सिजन एकलाई निकै उत्साहका साथ हेरिएको थियो। युट्यूबमा लगातार हिट पनि भएको थियो।

तर, यतिबेला द भ्वाइस अफ नेपाल माथि विभिन्न आरोप लागेको छ। द भ्वाइस अफ नेपालका कोच अभया सुब्बा र टेक्निकल हेड फिरोज तिमल्सिनाले भ्वाइस नेपालको व्यवस्थान प्रति आपत्ति जनाएका छन्। फिरोजले आफुले आजसम्म पनि आफ्नो पारिश्रमिक नपाएको बताएका छन्। उनले फेसबूकमा स्टाटस लेख्दै आफुले दिन रात घोटिएर काम गरेको तर पैसा नपाएको भन्दै आक्रोश व्यक्त गरेका हुन्।

उनि लेख्छन ‘विदेश बाटै सयौँ पटक सम्पर्क गर्न खोजे तर वहाँहरुले कुनै प्रतिक्रिया दिनुभएन। मेरो परिवारले हजार पटक सम्पर्क गर्दा पनि बहाना बनाइ रहे।’ फिरोज हाल अमेरिकामा बस्छन्। फिरोजले नै द भ्वाइस अफ नेपालको एप्स बनाएका हुन्।

यता, अभया सुब्बा सिजन–१ को ‘ग्रान्ड फिनाले’मा सहभागी नभएका कारण ‘हेडक्वाटर’ले नै असन्तुष्टि जनाएपछि सिजन २ मा उनको विकल्प खोज्नु परेको ‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले बताएपछि खास कारण के हो भन्ने बारे खुलाउन अभयाले अनुरोध गरेकी छिन्। भ्वाइसले आफ्नो बदनाम गर्न खोजेपछि आफु नबोली नहुने ठानेर आफ्नो विचार राखेको उनले बताएकी छिन्।

अभया भन्छिन्, आफुले फिनाले हुनुभन्दा ३ महिना अगाडि नै द भ्वाइस अफ नेपाल टिमसँग अनुमति मागेको र वोर्डको वैठकले स्वीकृत गरेपछि मात्र आफु फिनालेमा नगएको उनले बताईन्। फिनाले र आफ्नो व्याण्डको कार्यक्रम संगसंगै परेकाले आफु दोधारमा भएकेले अनुमति मागेको उनको दावी छ। आफू फिनालेमा उपस्थित नहुने कुरा वोर्डले हेडक्वाटरलाई जानकारी नदिएकाले यस्तो भएको उनले बताइन्।

द भ्वाइस अफ नेपालमा चारजना मध्ये दुईजना दीप श्रेष्ठ र प्रमोद खरेल सिजन–२ मा कोचकै रुपमा यथावत छन्। अभया र सनुप पौडेलको ठाउँमा भने राजु लामा र आस्था राउत कोचका रुपमा भित्रिने जानकारी आयोजकले दिएको छ। यद्यपि यसबारे घोषणा भने गरिसकेको छैन।

टिप्पणी लेख्नुहोस्