वालुवाटार जग्गाका ८६ व्यक्तिविरूद्ध अख्तियारको पत्र
त्रिशुलीखबर
June 26, 2019


काठमाडौं, ११ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा काण्डमा मुसिएकामाथि छानविन गर्ने भएको छ। आयोगले ललिता निवास जग्गा प्रकरणमा मुछिएकाहरुलाई उपस्थितिका लागि पत्र काटेको छ।

पत्र काटिएकाहरु यसअघि फोनमा समेत सम्पर्क हुन नसकेका व्यक्तिहरु रहेका छन्।

बहुचर्चित जग्गा प्रकरणमा मुछिएका मध्य फोनमार्फत सम्पर्क नभएकाहरु ८६ जनालाई आयोगले पत्र काटेको हो। पत्रमा नाम र कित्ता नम्बरसहित सार्वजनिक सूचना प्रकाशित भएको ७ दिनभित्र बयानका लागि उपस्थित हुन निर्देशन दिएको छ।

टिप्पणी लेख्नुहोस्