धर्म कमाउन पशुपति पुगेका पुर्व एआइजीले सशस्त्र प्रहरीमाथि हात हाले
त्रिशुलीखबर
July 1, 2019


काठमाडौं, १६ असार । सोमबार विहान पशुपति मन्दिर परिसर भित्र रहेका माग्नेहरु हटाउन पशुपति क्षेत्र विकास कोषले अभियान चलाइरहेको थियो। पशुपति क्षेत्र विकास कोषको टोलीलाई सशस्त्र प्रहरीले साथ दिइरहेको थियो। पशुपतिको मुल ढोकाबाहिर मन्दिर दर्शन गर्न पुगेका एक जनाले कोषका कर्मचारी र सशस्त्र प्रहरीका जवानमाथि अभद्र ब्यवहार देखाउन थाले।

माग्नेहरुलाई त्यहाँबाट हटाउन लागेपछि उनले आपत्ति जनाएका थिए। विवादका क्रममा ती व्यक्तिले सशस्त्र प्रहरी हवल्दार शालिक राम सुवेदीमाथि हातपात गरे। त्यसपछि उनी मन्दिर भित्र छिरे। सुवेदीमाथि हातपात गर्ने ब्यक्ति नेपाल प्रहरीका पुर्व एआइजी विजय भट्ट रहेछन्।

सशस्त्र प्रहरीले ती भट्टलाई नियन्त्रणमा लिएको थियो। पुर्व एआईजी भट्ट भएको थाहा पाएपछि केहीबेरमै छोडेको सशस्त्र प्रहरी स्रोतले बताएको छ।

ड्यूटिमा रहेका सशस्त्र प्रहरी हवल्दार सुवेदीले आफूमाथि भएको हातपात तथा दुव्र्यवहारका बारेमा माथिल्लो निकायलाई खबर गर्ने बताएका छन्। त्यसमा के गर्ने भन्ने छलफल भइरहेको एक सशस्त्र प्रहरीले बताए।

टिप्पणी लेख्नुहोस्