‘गलबन्दी’की मोडल अञ्जली अधिकारी ब्रिटिश आर्मीसँग प्रेममा
त्रिशुलीखबर
July 2, 2019


काठमाडौं, १७ असार । अञ्जली अधिकारी पछिल्लो समयकी निकै व्यस्त मोडल हुन्। उनलाई देखेर मरिहत्ते गर्नेहरु प्रशस्त छन्। कतिपयले कल्पनासमेत गर्छन् -यति राम्री र सेक्सी मोडललाई आफ्नो गर्लफ्रेण्ड बनाउन पाए ! यस्तो विचार बनाएकाहरुका लागि यो शुखद समाचार होइन। अञ्जली आफु अहिले प्रेममा रहेको कुरा खुलाएकी छिन्।

उनी धेरैजसो लोकदोहोरी गीतमा देखिने गर्छिन्। त्यसबाहेक उनी देश तथा विदेशका सांस्कृतिक कार्यक्रममा पनि निकै व्यस्त छिन्। अञ्जली भन्ने बित्तिकै सबैले बोल माया र गलबन्दी गीतलाई नै सम्झन्छन्। अञ्जली अहिले तीजका गीतमा धेरै व्यस्त छिन्।

तिनै व्यस्त अञ्जलीले पहिलो पटक मिडियामा आफ्नो प्रेमी खुलाएकी छिन्। अञ्जलीलाई एक अन्तवार्तामा र्यापिड फायर भन्ने गेम खेलाइएको थियो। जहाँ अञ्जलीले एकवाक्यमा प्रश्नको जवाफ दिनुपर्ने थियो। अञ्जलीलाई तपाईको क्रस कोभन्दा उनले हाँस्दै छ एउटा ब्रिटिश आर्मी भनेकी थिइन्।

त्यस्तै उनले आफ्नो पहिलो प्रेम १० कक्षामा पढ्दा भएको पनि बताइन्। अहिले अञ्जलीको उक्त अन्तवार्ताले युट्युबमा स्थान बनाइरहेको छ।

टिप्पणी लेख्नुहोस्