आईफा अवार्ड नेपालमा नहुने, निर्णयबाट पछि हट्यो सरकार
त्रिशुलीखबर
July 3, 2019


काठमाडौं, १८ असार । भारतीय फिल्म फेयर अवार्ड (आईफा) आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको छ। चौतर्फी विरोधपछि सरकारले उक्त अवार्ड कार्यक्रम नेपालमा नगर्ने भएको हो।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यस वर्षको आईफा अवार्ड नेपालमा नहुने पुष्टि गरे। ‘यो वर्ष नहुने नै भयो, अब एक दुई वर्षपछि पूर्वाधारमा हामी सक्षम भयौं भने पुनः आयोजनाको सम्भावना रहन्छ’ जोशीले भने।

सरकारले असार ८ गते मन्त्रिपरिषद बैठकबाट आईफा अवार्ड नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो। उक्त अवार्ड कार्यक्रमका लागि काठमाडौं महानगरपालिकाले ४४ करोड रुपैयाँ अनुदान दिने भनिएको थियो। त्यसपश्चात उक्त अवार्ड कार्यक्रममा नेपाली नागरिकले तिरेको करबाट अनुदान दिन नहुने भन्दै विरोध भएको थियो।

टिप्पणी लेख्नुहोस्